नियम ७८
प्रतिनिधि पठाउन सकिने
: (१) ऐनको दफा १३६ बमोजिम सङ्घको साधारण सभामा प्रतिनिधि पठाउँदा सङ्घको बिनियममा व्यवस्था भएबमोजिम सदस्य संस्थाको सदस्य सङ्ख्याको अनुपातको आधारमा बढीमा पाँच जनासम्म पठाउन सकिनेछ । (२) उपनियम (१) बमोजिम सम्बन्धित संस्थाले प्रतिनिधि पठाउँदा मताधिकार प्रयोग गर्ने एक जना प्रतिनिधि तोकी पठाउनु पर्नेछ ।